क्रान्तिकारी माओवादीको महाधिवेशनबाट महासचिवमा वैद्य निर्वाचित

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन् । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।
उनलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव र हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । ताली पड्काएर हलले अनुमोदन गरेपछि वैद्य आगामी पाँच वर्षका लागि महासचिव बनेका हुन् । बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पनि पारित गरेको पार्टीस्रोतले जानकारी दिएको छ । केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी समिति रहने व्यवस्था गरिएको छ । मङ्सिर १३ गतेदेखि २३ गतेसम्म भएको महाधिवेशनमा देशभरबाट ५५० प्रतिनिधि सहभागी भएका थिए ।