दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्डमा गायिका सुस्मिता स्याङ्तान

‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले जितेकी छिन्।
तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड जितेकी हुन् ।

बिरिसु मिडियाका निर्देशक समेत रहेका स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान,पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रा.लिद्धारा उनी सम्मानित भइसकेकी छिन ।

एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चाबहिलको सभाहलमा भएको थियो ।एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम कार्यक्रम समापन गरिएको थियो ।