निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन, निर्विरोध निर्वाचित, १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित

निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको बन्दसत्रपछिको नेतृत्व चयन प्रक्रियामा १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचित संघको वरिष्ठ उपाध्यक्षमा भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्षमा अमर शाक्य, द्वितीय उपाध्यक्षमा मोहनकृष्ण बस्नेत, सचिवमा दिनेश श्रेष्ठ, सहसचिवमा हरिहर श्रेष्ठ, कोषाध्यक्षमा गोकुल खड्का र सह–कोषाध्यक्षमा श्यामकुमार गिरी निर्वाचित भएका छन् ।

त्यसैगरी,कार्यसमिति जनजाति सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुल्ला सदस्यहरुमा पुस्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्याम ज्योती बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा चयन भएका छन् ।