बोर्डिङ संचालकहरुले थोरै तलबमा काममा लगाएर श्रम शोषण गरेको शिक्षक शिक्षिकाको गुनासो

फाइल तस्बिर

ललितपुरका अधिकांश बोर्डिङ स्कुलमा श्रम शोषण हुन थालेको पाइएको छ । बोर्डिङ संचालकहरुले थोरै तलबमा काम लगाएर श्रम शोषण गरेको गुनासो बढ्न थालेको छ ।प्राय: शिक्षक शिक्षिका, सुरक्षा गार्ड, ड्राइभर,आया,होस्टल स्टाफ, क्यान्टिनका भान्छेलाई बढी काम् लगाएर श्रम शोषण गरेको पाइएको छ ।न्युजकिरण डटकम अनलाइन लाई प्राप्त जानकारी अनुसार ती बोर्डिङ संचालकहरुले श्रम ऐन र विद्यालय विनियमको समेत ठाडो उलङ्घन गरेका छन् ।सेवा सुविधाबाट शिक्षकहरुलाई बञ्चित गराइएको छ । नियुक्ति पत्रको व्यवस्था करीब ३०० सय माथि संचालित जिल्लाका कुनै बोर्डिङमा दिइएको छैन् ।एल ए जेम्स,लगायत एक दुईवटा मा एक वर्षे करार कागजी सम्झौता गर्ने गरिएको छ ।

फाइल तस्बिर

कम्पनी ऐनमा चल्न खोज्ने विद्यालयहरुले नै नदशैँ खर्च,बोनस,गाडीभाडा, कोठाभाडा,खाजा खर्च नै दिएका छन् ।बिरामी पर्दा होस वा सुत्केरी पर्दा तुरुन्तै बिना जानकारी शिक्षक शिक्षिकालाई निकाल्ने गरिएको छ ।इआइमा समेत बोर्डिङ स्कुलका शिक्षक नेता आवद्ध छन नउनीहरुले भनेको कुरा नै ती संचालकहरुले मानिरहेका छन् ।योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा पनि एका दुई बाहेक विद्यालयले अहिले सम्म लगेको जानकारी देखिदैन् । कम्पनी ऐनमा वा सहकारी ऐन केमा जाने बोर्डिङ भन्ने मै अन्योलमा रहेको बुझिएको छ । सरकारले ती बोर्डिङलाई नियमन गरेका छैनन् । श्रम ऐन २०४८ को धारा ७४ को १ बमोजिम मानसिक श्रम गर्ने शिक्षक शिक्षिकाले राखेको जायज मागहरु पूरा गर्नु पर्ने उल्लेख छ ।

५ हजार देखि १२ हजार कमाउन बाध्य छन् शिक्षक शिक्षिका

ललितपुरका संस्थागतको नामाकरणले चिनिने बोर्डिङ स्कुलमा ५ हजार तलबमा काममा लगाइएको छ ।भर्ना शुल्क ६ हजार र एन्यूअल फि ४ हजार गरेर सुरुमै १० हजार उठाउने स्कूलले मासिक फि र ट्युसन फि गरेर प्रति विद्यार्थी महिनाको १२ हजारको दरले कक्षा ८,९,१० मा शुल्क असुल्दै आएको कुमारी पार्टीका अधिकांश विद्यालयमा कर्मचारीहरुलाई ५ हजारमा काममा लगाइएको जानकारीमा आएको छ । कुनै स्कुलमा प्रति विद्यार्थीबाट २०/३० हजार महिनावारी शुल्क उठाएर शिक्षकलाई १०,१२ हजारमा काममा लगाइएको पाइयो ।

फाइल तस्बिर
फाइल तस्बिर