ललितपुर शाखामा रामहरी कार्कीको प्यानल बिजयी

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखामा रामहरि कार्कीको प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। कार्की
दुई सय ४३ मत प्राप्त गरी अध्यक्ष पदमा निवार्चित भएका हुन् ।उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गरे ।
त्यसै गरी उपाध्यक्षमा श्याम तण्डुकार र केशरी पुन बिजयी बनेका छन् ।सचिवमा प्रतिस्पर्धामा रहेका दिपक घिमिरेलाई पछि पार्दै दीपक अर्याल बिजयी बने । घिमिरेको ६५ मत र अर्यालको २३२ मत आएको छ ।कोषाध्यक्षमा कृष्ण पौडेल र सहसचिव समावेशीमा नारायण लिङ्खा देवान निर्वाचित भएका छन्। सदस्यहरुमा कमश: अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे र शिशिरकुमार लामा निर्वाचित भएका छन् ।
विगतमा करीब ५ सयको हाराहारीमा सदस्य रहेको ललितपुर शाखामा क्रमशः ४ सय सदस्यमा घट्दै हाल ३६५ जना पत्रकार महासंघ सदस्यमा आवद्ध छन् । मंसीर २८ मा सम्पन्न निर्वाचनमा जम्मा ३०८ मत मात्रै खसेको थियो।