नेपाल मगर संघ मन्थली नगरपालिका काठमाडौं सम्पर्क समिति माघ एक गते भएको टुडिखेलको माघेसंक्रान्ति कार्यक्रममा सहभागी भएको छ । मन्थली नगरपालिका काठमाडौं सम्पर्क समितिका सचिव विष्णु आले मगरका अनुसार उक्त दिन समितिले आफ्नो संघको व्यानर सहित सहभागी भएको हो ।माघ ७ गते संघको माघेसंक्रान्ति समीक्षा बैठक भृकुटी मण्डपको सिता खाजा घरमा भएको थियो। बैठकमा नेपाल मगर संघ मन्थली नगरपालिका काठमाडौं सम्पर्क समितिका अध्यक्ष गेहेन्द्र राना मगरले आफ्नो मन्थली नगरपालिका काठमाडौं सम्पर्क समितिले टुडिखेलको माघेसंक्रान्ति कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिएका थिए थियो। १७ सदस्यीय समितिमा ५ जना निष्क्रिय रहेकाले २ जना नयाँ सदस्य मनोनयन गर्ने र बाँकि सदस्य पनि थपेर जिल्ला समितिलाई जानकारी दिने निर्णय भएको उपाध्यक्ष पदम बहादुर राना मगरले बताए ।एक अनुशासन समिति बनाइ समितिलाई नियमन गर्ने र विशेष अवस्थामा बाहेक ३ पटक भन्दा बढी बैठकमा अनुपस्थित भएका कारण खुलाउन नसक्ने सदस्यहरुलाई एकपटक समितिमा आएर आत्मा समीक्षा गर्न पनि सुझाइएको छ । मन्थली नगरपालिका र रामेछाप नगरपालिका पालिका गरी २ वटा नगरपालिका रहेको रामेछापमा अन्य गाउँपालिकाहरु पनि छन् । नेपाल मगर संघ मन्थली नगरपालिका काठमाडौं सम्पर्क समितिमा १४ वडाहरु रहेकाले सबै वडामा समितिलाई बिस्तार गर्ने योजना रहेको समितिका सचिव विष्णु आले मगरले बताए । मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाम रहेको स्थान पनि हो। टुडिखेलमा भएको कार्यक्रममा सहभागी संख्या सोचेभन्दा बढी रहेको र कार्यक्रम जिल्ला समिति पछिको उत्कृष्ट रहेको बैठकमा सहभागीहरुले बताएका थिए । समितिको नियमित बैठक हरेक महिनाको पहिलो शनिबार हुने गर्दछ ।
मन्थली नगरपालिका काठमाडौं सम्पर्क समितिले देखायो टुडिखेलमा ब्यानर
