हरिसिद्धि दशैँ जात्रा हेर्नुहोस् भिडियो सहित

दशैँ हिन्दू धर्मावलम्बीहरुको पर्व भएपनि आजभोलि यसलाई सबै धर्मालम्वीहरुको चाडजस्तो मनाउन थालिएको छ ।नेपाल विविध धर्म र संस्कृतिले बनेको मुलुक हो । यहाँ भाषा, संस्कार,रीतिरीवाज, परम्परा ऐतिहासिक पहिचानको रुपमा अजर अमर बन्दै गएको छ । हिन्दू धर्मको इतिहास राजतन्त्रको सत्ता त्यागसँगै कसैले मासिएको मान्छन् भने कसैले झन झाङ्गिदै गएको महसुस गर्दछन् ।नेपालको संस्कृतिले विभिन्न देशमा मौलिक पहिचान झल्काउने गरेको छ । दशैँको सोह्र श्राद्ध सुरु भएपछि सोह्र दिन र नौरथा सुरुभएपछि नौदिन र दशैँ दशौं दिनमा मनाइन्छ। यसपालि कार्तिक ७ गते बिजया दशमी परेको छ टीकाको साइत एघार बजेपछि भनिएको छ । उपत्यकामा विभिन्न ठाउँहरूमा दशैँ पर्व सबै जातका मानिसहरु मनाउने गर्दछन् ।बोका र खसी काटेर बाह्मण क्षेत्रीहरुले मनाउँछन् त राँगा भैँसी काटेर नेवारहरुले ।अरुहरुको आ-आफ्नो तरीका होला ? हरिसिद्धिका नेवारहरुले पनि दशै मनाउने गर्दछन् ।उनीहरु राँगा काटेर दशैँ मनाउने गर्दछन्।
नवमीको दिउँसो राँगा काटेर बेलुका भोजसमेत गर्दछन् ।बेलुका मन्दिरमा रमाइलो नृत्य जात्रा गरेर उनीहरुले महानवमी पर्व मनाउँछन् । कतिपय नेवारहरु बुद्ध धर्ममा विश्वास राख्ने गर्दछन् तर धेरै समयदेखि आफ्नो संस्कार रीतिरीवाज परम्परा उनीहरुमा रहिआएको पाइन्छ।

न्युजकिरण टिभी संवाददाताले खिचेको हरिसिद्धि जात्रा एक झलक:-