विमान स्थलमा फुलको माला लगाउँन बन्देज…?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुले अब खादा र माला लगाउन बन्देज गरिएको छ । बाहिरको ट्याक्सी स्ट्यान्ड तथा बिदाई गर्ने स्थानसम्म लगाउने पाउने भए पनि सुरक्षा चेक जाँच र टिकट जाँच तर्फ जाँदा भने खादा र फुलको मालामा प्रतिबन्ध लगाइएको छ।
बिहिबार साँझ विमानस्थल प्रशासनले यसबारे माइकिङ समेत गरेको छ । खादा र माला लगाएर आएका यात्रुलाई खादा र माला फुकालेर आफ्नो झोला भित्र हाल्न आग्रह गरिरहेको दृश्य बिहिबार साँझ थियो।

आफन्त बिदाई गर्न आएका एक जनाले आवाज उठाए ‘आज खादा माला लगाएर भित्र जान नपाउने भन्दै माइकिङ गरिरहेको रहेछ, किन यस्तो गरेको थाहा भएन ।’ बिदाई गर्दा लगाइएको खादा माला भित्र जानु अगाडि निकाल्नु पर्ने भएपछि आफन्तहरुले असन्तुष्टि व्यक्त गरेका छन।

विमानस्थलका एक कर्मचारीले भने खादामा नभई फुलको मालामा मात्र कडाई गरिएको छ । भए पनि कुनै विशेष कारण के हो आफुलाई जानकारी नभएको बताए । यो खबर बिजपाटीमा प्रकाशित छ ।