हेटौंडामा डाक्टरमाथि कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुपलाई पक्राउ गरेकाे र अरूको भइरहेको प्रहरीले जनाएको छ ।
झन्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानकाे केही दिनपछि चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । प्रहरीका अनुसार उहाँको उपचारका क्रममा ज्यान गएको थियो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि हिजो बुधवार बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।