दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरिरहेको फिल्म हलमा शुक्रबारदेखि फिलिम लाग्ने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल शुक्रबार बिहान औपचारिक रुपमा उद्घाटनसहित फिलिम लाग्ने भएको हो ।
‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित सञ्चालनमा ल्याउन लागेको हो’, नायिका दीपाले जानकारी दिइन्। उद्घाटनको पहिलो दिन हलमा फिल्म नाङ्गो गाउँ र एक भागवत र एक गीता लाग्ने छ ।
हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो ।तर,आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुन पुगेको हो । आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।
हल ९ करोडको लागतमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिएको हल निकै आकर्षक मानिएको छ ।