ललितपुर सुनाकोठी स्थित अनल ज्योति बोर्डिङ स्कूललाई ग्लोबल सस्टेनेबिलिटी अवार्ड २०२३ बाट सम्मानित गरिएको छ । भारतको नयाँ दिल्लीमा एआरसीद्वारा आयोजित प्रतियोगितामा ५ महादेशका १५ मुलुकबाट विभिन्न विधामा ४५० भन्दा बढी आवेदन परेको थियो । छनोट हुँदा नेपालको अनल ज्योति विद्यालयका शिक्षक र विद्यार्थीलाई ३ विधामा पुरस्कृत गरिएको हाे।
विद्यालयका सस्टेनेबिलिटी हिरो नेपाल, शिक्षक सुमन शाहलाई एजुकेटर्स अवार्ड र छात्रा प्रजिना सापकोटालाई एसडीजी ६ प्रोजेक्ट अवार्ड प्रदान गरेको छ ।
विजेताहरुलाई प्रमुख अतिथि भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री माननीय श्री अश्वानीकुमार चौबेले पुरस्कार वितरण गरेका थिए
अवार्ड लिन प्याबसन ललितपुरका अध्यक्ष समेत रहेका विद्यालयका प्रधानाध्यापक निरोज महर्जन १८ विद्यार्थीको टोलीसहित भारत पुगेका थिए । अनल ज्योति स्कूलले आफ्ना परियोजनाहरूमा आधारित सिकाइ र अनुभवमूलक सिकाइका साथ २१औँ शताब्दीका सीपहरूले सुसज्जित विश्वव्यापी नागरिकहरू तयार पार्न वातावरण मैत्री शिक्षालाई जोड दिइरहेको छ ।
विगत लामो समयदेखि उत्कृष्ठ नमुना बन्दै आएको छ नमुना बोर्डिङ स्कुल लुभू,