प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार छाती दुखेपछि नर्भिक अस्पताल पुगेका छन् ।उनी उपचार पछि राति नै डिस्चार्ज हुने अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार छाती दुखेपछि दाहाल अस्पताल पुगेका हुन्।एनजिओग्राफी गर्दा समस्या नदेखिएपछि आजै डिस्चार्ज गर्ने तयारी भएको उनले बताए।