बाँकेको मध्यवर्ती क्षेत्रमा फेला पर्यो सकेट बम

बाँकेको मध्यवर्ती क्षेत्रमा बिहिबार सकेट बम फेला परेको छ ।
मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका-२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ ।

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले सकेट फेला पारेपछि नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारेको हो । रासस