आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ५७ वर्षीय तामाङको मृत्यु

रामेछापको जिल्लाको पुरानो गाविस तिल्पुङ हल्देमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक ५७ वर्षीय तामाङको मृत्यु भएको छ । दर्घटनामा परी गम्भीर घाइते भएका तामाङको सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लिखु तामाकोसी गाउँपालिकाको धोबीबाट मन्थलीतर्फ आउँदै गरेका तामाङ आफैले चलाएको बागमती प्रदेश ०२–०३४ ख ४१८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर दुर्घंटना हुँदा उनको मृत्यु भएको थियो ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर पराजुलीले सो कुराको जानकारी दिए ।