सरकारले बढायो खाना पकाउने ग्याँसको मूल्य ह्वात्तै

नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्यमा भारी वृद्धि गरेको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याएको छ। निगमले पेट्रोलमा २ रुपैयाँले मूल्यवृद्धि डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । यससँगै पेट्रोलियम मूल्य पहिलो वर्ग १८२।५, दोस्रो वर्ग १८४ र तेस्रो वर्ग १ सय ८५ लागू भएको निगमले जनाएको छ ।

निगमले छुट्याएको वर्ग अनुसार पहिलोमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो रहेका छन्। त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो बर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।आइतबार बिहान १२ बजेर १ मिनेटपछि मूल्यवृद्धि नियम कार्छयान्वयनमा आइसकेको छ ।