अब दरबारमार्गका बजार क्षेत्र चौबिसै घण्टा खुला रहने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा दरबार मार्गका बजार क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी भएको छ ।
दरबारमार्ग खुला गरेसँगै ठमेल एरिया पनि खुला हुनेछ । त्यसका निम्ति सुरक्षा र अन्य व्यवस्थापन जिल्ला प्रशासन कार्यालय, काठमाडौँ गर्ने जनाइएको छ । नयाँ वर्ष (बैशाख १) भित्रै उक्त बजार क्षेत्रहरू चौबिसै घण्टा सञ्चालनमा आउने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’बस्नेतले भनेका छन् । पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना रहेको र स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयस्रोतबाट जानकारीमा आएको छ।