ललितपुरमा यसवर्ष ४० वटा सेन्टरबाट ९ हजार ८ सय ५० जना विद्यार्थीले एसईई परीक्षा दिँदै

शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरले २०८० सालमा एसईई परीक्षा सेन्टर सार्वजनिक गरेको छ । बुधबार गरिएको सार्वजनिक सेन्टर तालिका अनुसार ९,८५० जना परीक्षार्थीले यो वर्ष एसईई परीक्षामा सहभागी हुने भएका छन् । विगतमा रहेका केही सेन्टरहरुलाई कहीं हेरफेर गरिएको र केही सेन्टर थप गरेर यो वर्ष ४० वटा सेन्टर कायम गरिएको इकाइ प्रमुख निमप्रकास सिंह राठोरले बताउनुभयो । जिल्ला भरिमा थोरै विद्यार्थी हुने सगरमाथा स्कुल पुल्चोकबाट एकजना विद्यार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुने भएका छन्। २ जना विद्यार्थी रहेको नवविद्या मन्दिर स्कुल, शंखमुल र ३ जना विद्यार्थी रहेको सरस्वती मा वि थसिखेल पनि यो वर्ष एसईई परीक्षामा सहभागी छन् ।५,५ जना विद्यार्थी रहेका प्लान एकेडमी,ग्वार्को र रिडभा एकेडमी गोदावरीले पनि आफ्ना नानीबाबुहरुको एसईई परीक्षामा राम्रो नतिजा हासिल गर्न कम्मर कसेर लागेको देखिन्छ ।त्यसो त ललितपुरका अधिकांश विद्यालयबाट ६ देखि ३० जनाको हाराहारीमा विद्यार्थी यसपटकको एसईई परीक्षामा सहभागी छन् । नाइटिङ्गेल, सेन्ट जेभियर्सले क्रमश २४६ र १८० जना विद्यार्थी सहभागी छन् । एजुकेशन हब्सको रुपमा चिनिएको ललितपुर जिल्लामा जेम्स एल ए सेन्ट जेभियर्स रातो बंगला आदि चर्चित विद्यालय रहेका छन् ।