आधिकारिक बन्यो पूर्व विद्यार्थी समाज,पहिलो बैठक कोटेश्वरमा सम्पन्न

पूर्व विद्यार्थी समाजको आधिकारिक बैठक शुक्रबार बसेको छ । कोटेश्वरको आभार रेष्टुरेन्टमा भएको बहुमत सदस्यहरूको बैठक बसेको हो । बैठकमा आगामी कार्यक्रमबारे विस्तृत छलफल भएको विद्यार्थी समाजका अध्यक्ष घन नारायण श्रेष्ठले जानकारी दिए ।अर्को बैठक चैत्रको अन्तिम साता रहने र सो बैठकले महत्त्वपूर्ण निर्णय लिने समाजका सचिव अरुण अधिकारीले बताए । चैत्रको अन्तिम साता हुने बैठकमा तदर्थ समितिका सदस्यहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, तदर्थ समितिका सल्लाहकार सदस्यहरु, कानुनी सल्लाहकारहरु अनिवार्य उपस्थित हुन पर्नेछ । बैठकको मिति र समय तदर्थ समिति मार्फत जानकारी गराइनेछ ।आजको बैठकमा पदाधिकारी र सदस्यहरुले खेल्नुपर्ने भूमिकाको खोजीबारे छलफल भएको थियो ।एक भेलागरी यसअघि बनेको तदर्थ समितिका सदस्यहरुले विधान निर्माण तथा दर्ता प्रकिया पूरा गर्नुपर्ने उल्लेख थियो । फागुन ३० गते आधिकारिक दर्ता भएपछि पहिलो बैठक आज बसेको हो ।
अघिल्लो भेलामा बोल्दै स्थापित पूर्व विद्यार्थी समाजका वडाध्यक्ष सुरेन्द्र कार्की