गुणस्तरीय शिक्षा दिइरहेको पिपल्स कलेजमा स्नातक र स्नातकोत्तरमा मात्र १ हजार ३ सय १० विद्यार्थी र ९९ शिक्षक कर्मचारी

कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था रहेको
पिपल्स कलेजको रुपरंगमा आमूल परिवर्तन भएको छ । समुदायस्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स कलेज/ क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्तमान कलेज प्रमुख निर्मलमणि पन्थी भन्छन्, “स्थापनादेखि यहाँसम्म आइपुग्दा धेरै उतारचढाव खेल्यौं अहिले स्रोत साधन प्रशस्त उपलब्ध भएको छ,कलेजसँग ।अब हामीले गुणस्तर र अनुसन्धानमा जोड दिने गरेका छौँ ।”

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पिपल्स कलेजले अनेक उकाली–ओरालीका यात्रा पार गर्दै ४२औँ स्थापना दिवस मनाएको छ। विसं २०३८ मा युवक माध्यमिक विद्यालयको जस्ताको छानाबाट सुरु भएको सो क्याम्पस हाल अत्याधुनिक र सुविधा सम्पन्न दुई भवनबाट सञ्चालित छ ।

कलेज भनौ वा क्याम्पसले व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२, स्नातक तहमा बीए, बिबीए, बिबीएस र स्नातकोत्तर तहमा एमबीएस कक्षा सञ्चालन गरिरहेको छ ।कलेज प्रमुख मनोजबहादुर कुँवरले बताए अनुसार “मुनाफारहित यस कलेज /क्याम्पसले निरन्तररूपमा गुणस्तरीय शिक्षा दिदै आएको छविलाई कायम राख्नेमा हामी विश्वस्त छौँ ।प्रमुख कुँवरले भने क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरमा एक हजार तीन सय १० विद्यार्थी र ९९ शिक्षक कर्मचारी छन् ।

स्थापना दिवसका अवसरमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले नेपालका विश्वविद्यालय र क्याम्पसहरूले गुणस्तरीय उच्च शिक्षा दिन सक्छन् भन्ने आत्मविश्वासका साथ काम गर्नुपर्नेमा जोड दिँदै पिपल्स क्याम्पस एक सफल र उदाहरणीय शैक्षिक संस्था बनेको धारणा
राखेह ।

सङ्घीय सांसद गणेश पराजुलीले आफूले सानो छँदा भर्ना गर्ने क्षमता नहुँदा लुकेर पिपल्स क्याम्पसमा पढ्न गएको स्मरण गर्दै आजका युवा र विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न कुनै समस्या भोग्नु नपरोस् भनेर आफूहरूले नीति र कानुन निर्माण काम गरिरहेको बताए ।

कलेज/क्याम्पसका प्राध्यापक सङ्घका अध्यक्ष प्रमोदराज शर्माले कलेज/क्याम्पसका कुनै पनि समस्या सामूहिकरूपमा छलफल गरेर समाधान खोज्ने गरिएको जनाए। क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति रञ्जित भण्डारीले सो क्याम्पसले आम विद्यार्थीका लागि सर्वसुलभ र गुणस्तरीय शिक्षा दिँदै आएको बताए ।यो समाचार राससमा प्रकाशित छ।