पर्यावरण एफएम रेडियो बाडेगाउँका संस्थापक डा.अष्टमान किसी महर्जनको आज बिहान मृत्यु

रेडियो पर्यावरण १०४.२ का संस्थापक डा.अष्टमान किसी महर्जनको आज बिहान मृत्यु भएको छ ।उनका भान्जाले सामाजिक सञ्जालमार्फत महर्जनको मृत्यु भएको जानकारी दिएका हुन् । रेडियो पर्यावरण (एफएम)मै कार्यरत कार्यक्रम संचालिका गोमा पान्डेले पनि महर्जनको दुःखद मृत्यु भनेकी छिन् । हक्की स्वभावका उनी आफूलाई विश्वको पहिलो वातावरण रेडियोका संस्थापक भन्ने गर्थे । पूर्व माओवादी पार्टीमा आवद्ध उनी हाल विश्लेषकका रुपमा चिनिन्थे ।गोदावरी एरियामा रेडियो पर्यावरण एफएमले सूचना सम्प्रेषणमा आफ्नो वर्चस्व जमाउँदै आएको थियो । महर्जन पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका पूर्व कार्यकारी पदमा आवद्ध समेत थिए । महर्जनले केही महिना अघि न्युजकिरण डटकम संवाददातालाई बताए अनुसार प्रायः चलेका आर जेहरु आफ्नोमा काम गरेर गएका हुन् ।तर,नाम भने लिन मानेनन् ।किसी महर्जनका छोरा कृष्णहरि र छोरी अनिता मिडिया क्षेत्रमा आवद्ध तथा कार्यरत छन् ।