विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेहरुलाई तीन दिनमै यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) दिने भएको छ।
विभागले रोजगारी तथा विशेष अध्ययनका लागि विदेश जाने नागरिक तथा शान्तिसेना मिसनमा विदेश जाने नेपाली सेना र नेपाल प्रहरीलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने भएको हो ।
विभागद्वारा बुधबार जारी सूचनामा लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरिएको छ।
‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले जनाएको छ।