अब ई–सेवाले जुमजुम राइड सेयरिङ सेवा सुरु गर्ने

ई–सेवाले राइड सेयरिङ सेवा सुरु गर्ने तयारी थालेको छ। राइड सेयरिङ सेवा सञ्चालनका लागि इसेवाले २ वर्षदेखि अध्ययन गरिरहेको र सेवा सञ्चालन गर्न अन्तिम तयारीमा थालेको हो।
इ-सेवा भुक्तानीप्रदायक कम्पनी रहेकाले केही महिनामै ‘जुम जुम’ नामक एप सञ्चालनमा ल्याउन लागेको हो । ई–सेवा निकट स्रोतका अनुुसार‘राइड सेयरिङका सञ्चालनका लागि डेडिकेटेड स्टाफ पनि छुट्याइ सकेको छ। त्यो एप ई–सेवाकै एपभित्र राख्ने कि छुट्टै राख्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।

इड सेयरिङ एपकाबारे भने एफवान सफ्टले आधिकारिक जानकारी दिएको छैन। राइड सेयरिङ एप ल्याउने तयारी भए पनि पूरा भइनसकेको एफवान सफ्ट ग्रुपका चिफ अफ स्टाफ अभिषेक क्षेत्रीले बताए।

ई–सेवाको यो कदमले विशेषगरी पठाओलाई धक्का लाग्ने अनुमान गरिएको छ । इनड्राइभरलाई भने खासै असर पार्ने छैन् ।पठाओले वालेट कम्पनी सञ्चालन गरेपछि ई–सेवा राइड सेयरिङ कम्पनी सञ्चालन गर्न अग्रसर भएको थियो। हाल पठाओले बाइक राइड सेयरिङ, ट्याक्सी, खाना डेलिभरी, पार्सल, बजार र वालेट सेवा दिइरहेको छ । कतिपयले पठाओ राइडर्सलाई सेवा सुविधा र विमाको ग्यारेन्टी जस्ता कुरामा विचारविमर्श नपुगेकाले पठाओको लोकप्रियता खस्किएको बताएका छन् । सस्पेन्स गर्ने,लामोदुरीमा पिकअप जानुपर्ने जस्ता समस्याबाट पठाओ राइडर्सहरु मुक्त हुन सकेका छैनन् ।
पठाओले वालेट कम्पनी सञ्चालन ल्याएको छ ।२,४ वर्षको दौरानमा नै उसले बानेश्वरमा आफ्नै निजी भवन समेत किनेको हल्ला छ ।

कम्पनीले एक वर्षदेखि ‘छिटो पैसा’ नामक वालेट एप चलाइरहेको थियो। हाल पठाओ आफूले पाउने कमिसन छिटो पैसामार्फत लिइरहेको छ। त्यस्तै, पठाओले ६ महिनाभित्र वालेटको आक्रामक मार्केटिङ गर्ने तयारी छ।

हाल एफ वान सफ्ट ग्रुपअन्तर्गत १३ कम्पनी सञ्चालित छन्।