हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बिहान बाँडफाँट भएको छ । कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
बिक्रीप्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ ।
स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिए जत्ति नै सेयर प्राप्त गरेका छन् ।
बाँडफाँट गर्दा बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता सेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्ताहरुलाई बाँडफाँट गरिएको छ । जसअनुसार २९ हजार २१ आवेदकले थप १० कित्ता अर्थात् ४० कित्ता सेयर प्राप्त गरेका छन् ।
-साभार अर्थसन्जाल