क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आज शान्तिबाटिकामा सडक प्रदर्शन सहित सभा गरेको छ ।१३१ औ माओ दिवसको अवसर पारेर सो पार्टीले लालमार्च तथा सभा गरेको हो । बागबजार,पुतली सडक, राष्ट्रिय सभागृह, भद्रकाली, शहीद गेट, सुन्धारा, न्युरोड भोटाहिटी हुँदै लालमार्च शान्ति बाटिका पुगेर कोणसभामा परिणत भएको पार्टीस्रोतले बतायो । पार्टीका महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा मसाल बालेर सभा उद्घाटन भएको थियो ।पार्टीका प्रवक्ता कञ्चन, गौरव, रामसिंह श्रीस, हरिभक्त कडेल, हेमन्त शर्मा ओली,परी थापा,पवनमान श्रेष्ठ, सिताराम तामाङ लगायत पार्टीका सचिवालय सदस्यहरूको उपस्थितमा कार्यक्रम भएको थियो । विद्यार्थी,युवा, पत्रकार लगायत जनवर्गीय संगठनका प्रमुख पनि सभामा उपस्थित थिए । विद्यार्थी मोर्चाका संयोजक मिलन राइले उत्तेजित स्वागत मन्तव्य राख्दै गर्दा केहीबेर सुरक्षाकर्मी र युवाबीच धकेला धकेल समेत भएको थियो । राइले मिसन चौरासी होइन् मिसन एभ्रिडे हुनुपर्यो भन्दै सत्तासिन दलहरुको विरोध जनाएका थिए ।उनले बोलिरहँदा एकजना अपरिचित व्यक्तिले पार्क छिर्ने गेट नजिकैबाट माओको फोटो होइन पृथ्वी नारायण शाहको फोटो राखेर पो माओदिवस मनाउनुपर्छ त ? भन्दै भागेको केही समयमै सुरक्षाकर्मीले गाडीको लागि बाटो खाली गर्न भन्दै पार्टीका युवा कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यक्रम संचालक अभिनास थिए । केहीबेर कार्यकर्ता र सुरक्षाकर्मी बीच ठेलाठेल भएको र सिडिओसँग गरेको सहमति कार्यान्वयन गर्न स्टेजबाट बोलिएपछि कार्यक्रम पुन:सुचारु भएको थियो ।
न्युजकिरण डटकम संवाददाताले खिचेको लालमार्चपासको दृश्य यस्तो रहेको छ ।
