नेपाल प्रहरीको ऐन संशोधनको तयारी भएको छ । भर्नाका सम्बन्धमा समस्या देखा पर्न थालेपछि ऐनको संशोधन तयारी भएको हो ।
विशेष गरी प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्नाका लागि मापदण्डका कारण न्यून संख्यामा दरखास्त परेपछि ऐन नै संशोधनको तयारी गरिएको छ ।सरकारले २५ वर्षभित्र स्नातक पास गरेकाले इन्स्पेक्टरमा फर्म भर्न पाउने प्रावधानका कारण उमेर हद पनि बढाउनुपर्ने देखिएको हो । त्यससँगै इन्स्पेक्टरका लागि उमेर हद २७ वर्ष पुर्याउने प्रस्ताव गरिन लागेको छ ।
नेपाल प्रहरीमा हाल लागू रहेको ऐनमा प्रहरीमा ३ तहमा मात्र भर्ना लिने व्यवस्था छ ।
प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइँदै आएको छ । त्यस्तै, इन्स्पेक्टरमा ६० प्रतिशत खुलाबाट र ४० प्रतिशत आन्तरिकबाट भर्ना लिने गरिएको छ । सरसरी पास गरेर पढ्ने विद्यार्थीहरु सोह्र वर्षमा एसईई,अठारमा प्स टु र २२ भित्र स्नातक र २५ वर्षमा स्नातकोत्तर सहजै सकाउँछन् ।