ग्याँस चुलो लिक भएर आमाछोरीको निधन

ग्याँस चुलो लिक भएर आगोलागी हुँदा एकैघरका आमा छोरीको निधन भएको छ। त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्याँस चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उहाँका नौ महिने छोरी ऋतु थापाको निधन भएको हो।

शुक्रबार राति खाना खाएर सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन्। प्रहरीले ग्याँस चुलोको आगोबाट सुती रहेको बिस्तारामा आगो सल्किँदा उनीहरूको निधन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।यो समाचार लोकपाटी अनलाइनमा प्रकाशित छ।