३१ टिमलाई पछि पार्दै चर्चित लोकदोहोरी गायक दिलिप थापा मगरको टिम प्रथम

तमु ल्हाेसार २०८० टुडिखेलमा भएको खुल्ला लाेकदाेहाेरी गित प्रतियोगितामा बिमा कुमारी अनुरागी र दिलिप थापा मगरले ३१ टिमलाई पछि पार्दै श्रीनगर दोहोरी साँझ बानेश्वर शान्ति नगर बाट प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेका छन् ।दोस्रो स्थानमा चाहाना रोधी घर बिजयी बनेको छ ।जसमा कलाकार द्वय बिजय बानिया सबिता थिए ।तेस्रो स्थान नगरकोट दोहोरी साँझबाट अर्जुन खड्का र निशा गुरुङ बिजयी बने । सान्त्वना सालैजो रोधीघर रत्न श्रेष्ठको टिम सहभागी भएर रमाइलो दोहोरी खेल खेलेका थिए ।

विशेष सम्मान धन्यवाद तमु ल्हाेसार मुल आयाेजक कमिटिलाई भन्दै चर्चित दोहोरी गायक दिलिप थापा मगरले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।साथै श्रीनगर दोहोरी साँझका सञ्चालक प्रति थापाले आभार पनि प्रकट गरेका छन् । थापा झन्डै एक वर्षको चीन बसाईं पछि केही हप्ता अघिमात्र नेपाल आएका हुन् ।उनको स्वर र टुक्कालाई दर्शकले अत्याधिक मन पराउने गरेको कुरा उनीद्वारा गाइएको युट्युब भिडियो हेरेर मान्न सकिन्छ ।