संखुवासभामा ७ जना प्रहरी र ८ जना कैदी विरुद्ध कर्तव्य ज्यान मुद्दा

कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले ७ जना प्रहरी र ८ जना कैदीविरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।वकिल कार्यालयले प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।

कैदीहरु राम कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान नवीनकुमार राई इन्द्रध्वज घिमिरे, मीनबहादुर तामाङविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।
कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुई जना कैदीको कुटपिटबाट मृत्यु भएको थियो भने बुधबार बिहान पनि कुटपिटबाट संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।