नेपाली शिक्षक, पत्रकार हुँदै गायनमा

चर्चित लोकदोहोरी गायिका अर्चना स्याङतान, सबैको मनमुटुमा बस्न सफल लोक तथा दोहोरी गायक जनक लामा, दोहोरी गायक इन्द्र तामाङ, दोहोरी गायिका सलिना मोक्तान, दोहोरी गायिका शान्ति तामाङ, मेरो अति मिल्ने साथी छिरिङ तामाङ र विष्णु आले (बलवीर)को स्वरमा सजिएको दोहोरी तथा तीज गीतलाई newskirantv & online news मार्फत मंगलबार बजारमा ल्याइएको छ ।यस दोहोरी तथा तीज गीतको शब्द देवेन्द्र लामिछानेले कोेरेका छन् भने लय विष्णु आले(बलवीर)ले दिएका छन् । एरेन्ज सनम पुरुष राईको छ भने भिडियो निर्देशक तथा कोरियो ग्राफीको भूमिकामा शिशिर बूढाथोकी छन् । चर्चित ३ दोहोरी गायिका र ४ गायकको स्वरमा सजिएको यस दोहोरी तथा तीज गीतले डिजिटल मार्केट कस्तो लिने भन्नेमा दर्शक श्रोताको प्रमुख हात रहने प्रस्तोताको बुझाई छ ।कसम खानेले,दुइतिर माया, बुहारी छानीले, मनछोयो रुपैले आदि विष्णु आलेको दोहोरी कृतिहरु हुन् ।उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश सदस्य समेत छन् । शिक्षक, पत्रकार, हुँदै गायन पेशामा पाइलो चाल्दै गरेका उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।