यतिखेर मिलन फिल्मले ल्याएको हेलम्बुको सुपरमा सरर दशै गीत बजारमा भाइरल बनेको छ ।काँठे लोकदोहोरी गीतको म्युजिक भिडियो निर्देशक मिलन श्रेष्ठले बनाएका गीहरु प्रायः एकसय एक नै हुने गरेका छन् ।विमल ठकुरी र कोपिला वाइबाले गाएको यो दशैँगीत एक हप्ता नपुग्दै भाइरल बनेको हो । अभिनयमा नविन मल्ल ठकुरीले उत्कृष्ट प्रस्तुति दिएका छन् ।
परदेशी दशैंमा गाडी चढेर घर फर्कने र घरमा दशैं रमाइलो हुदै गइरहेको घरपरिवारले महसुस गर्ने विषय कथालाई यस गीतमा उतारिएको छ । हेलम्बुको सुपर गाडीको छतमा चढेर गीत गाउँदै दशैंमा घर जाने यो चलन पहिले देखि कै हो । दशैंमा घर जान गाडी नपाइने र पाएपनि झुन्डिएर अनि छतमा बसेर जानुपर्ने अरनिको यातायातको पहिचान गीतले दिएको छ । दशैंमा खसी काट्ने,पिङ खेल्ने, ससुराल टीका लगाउन जाने यो नेपाली संस्कृतिको परम्परित मान्यता मानिन्छ । गोडमेल सकिएर गाउँघर तिरका फुर्सदिला घर परिवारले लाहुरे छोरो र श्रीमान आउने प्रतिक्षामा रहनु यस गीतमा देखाइएको मौलिक पक्ष हो ।त्यसो त अहिले दोहोरी गीतमा अलि नयाँ स्वर र अनुहार चल्ने क्रममा अहिले निकै चर्चित गायिका बनेकी कोपिला वाइवाको सुमधुर स्वरमा गीत रहनुले पनि गीति पक्षमा
सांगीतिक जलप थपिएर भाइरल बनेको हो कि भन्ने अनुमान लगाउँदा फरक नपर्ला ।