अर्चना स्याङतान र जनक लामा (उमेश श्रेष्ठ)को स्वरमा आयो लोकदोहोरी गीत काभ्रे ढुङखर्क

चर्चित लोकदोहोरी गायिका अर्चना स्याङतान र जनक लामाको स्वरमा काभ्रे ढुङखर्क एल्बम बजारमा आएको छ । उमेश श्रेष्ठको लगानी रहेको काभ्रे ढुङखर्क लोकदोहोरीमा चर्चित मोडेल शिशिर बुढाथोकीको अभिनय रहेको छ ।नायिका मोडेलमा पनिता केसी छिन् । विष्णु तामाङको एरेन्ज रहेको उक्त गीतलाई शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । रेकर्डिक्स सागर पुन रहेका छन् ।शंकरा बागबजारको सदाबहार स्टुडियो मानिन्छ । स्थानीय परिचय दिन सफल लोकदोहोरी काभ्रे ढुङखर्कले झन्डै लाखको हाराहारीमा भ्युज पाएको गायक उमेश श्रेष्ठको भनाइ छ । उमेश कभर मिडिया मार्फत गीत बजारमा आएको हो । पैसा कमाउन नसके पनि काभ्रे ढुङखर्क दोहोरीले आफूलाई ढुङखर्के गायक भनेर गाउँमा चिनाएको उनले बताए ।
गीत यस्तो छ :-

केटा(३)आउ है सानू रोसीपुल तरेर
गेल्डुङ बजार भेट हुने गरेर सानू तिम्ले आँखा नतर्क जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क
जाउँ हिंड घुम्नलाई हाम्रो ढुङ्खर्क

केटी (३)लान्छु भन्छौ मेरो मन छैन पिर घुम्न मन छ नारानथान अग्लो भिर
सानु तिम्ले आँखा नतर्क
लान्छाै र घुम्नलाई काभ्रे ढुङ्खर्क
लान्छाै र घुम्नलाई तिम्रो ढुङ्खर्क

केटा(४) फलामेतार सिरेमा फुल फुल्ने च्याम्राङ बेसी तालढुङ्गा धान झुल्ने
सानू तिम्ले आँखा नतर्क जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क
जाउँ हिंड घुम्नलाई हाम्रो ढुङ्खर्क

केटी (४)जान मन पार्थलि भएर
हेर्न मन छ भ्पुटावर गएर
सानु तिम्ले आँखा
लान्छाै र घुम्नलाई काभ्रे ढुङ्खर्क
नतर्क लान्छाै र घुम्नलाई तिम्रो ढुङ्खर्क

केटा(५) दशर्न गरी फुलचाेकी महाङ्काल माई भाकल राख्छु
पाँउभनी तिमीलाई सानू तिम्ले आँखा नतर्क जाउँ हिंड घुम्नलाई काभ्रे ढुङ्खर्क
जाउँ हिंड घुम्नलाई हाम्रो ढुङ्खर्क

केटी (५)लाने छैन महिले मन अन्ट तिम्ले साथ दिएमा जिबन्त
सानु तिम्ले आँखा नतर्क सानू तिम्ले आँखा नतर्क
लान्छाै र घुम्नलाई काभ्रे ढुङ्खर्क
लान्छाै र घुम्नलाई तिम्रो ढुङ्खर्क