आज विश्व शिक्षक दिवस मनाइदै,सन् १९९४ देखि यो दिवस मनाउन थालिएको

आज विश्व शिक्षक दिवस मनाइँदैछ ।संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज शिक्षा दिवस मनाउन लागिएको हो।
समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।

यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ ।

नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी शिक्षा दिवसको शुभकामना दिएको छ ।नेपालमा भने गुरुपूर्णिमा अर्थात् शिक्षक दिवस यस अघिनै मनाइ सकिएको छ । जसलाई व्यास जयन्तीको रुपमा पनि लिने गरिन्छ ।