मन्थली विमानस्थलबाट दैनिक ४० भन्दा बढी लुक्ला उडान हुने गरेको छ । नेपाल नागरिक उड्यान प्राधिकरण मन्थलीका सूचना अधिकारी पुजा थापाले मन्थली–लुक्ला दैनिक ४० भन्दा बढी उडान हुँदै आएको बताएकी छिन् ।
दुई दिन मौसम बदली भएसँगै मन्थलीबाट लुक्ला जानको लागि मन्थली विमानस्थलमा विदेशी पर्यटकहरुको घुइँचो लागेको छ । मन्थलीका होटलहरु विदेशी पर्यटकहरुले भरिएका छन् । थापाका अनुसार आज बिहिबार बिहानबाटै मन्थलीबाट लुक्ला उडान भइरहेको छ ।
एक साता अघिबाट मन्थली विमानस्थलबाट सीता, तारा र समिट लगायतका कम्पनीहरुले उडान भदैै आए आएका छन् । नेपाल नागरिक उड्यान प्राविधिकरणले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा एयर ट्राफिकको समस्या कम गर्न यस्तो व्यवस्था गरेको हो । सगरमाथाको बेस क्याम्पसहित खुम्बु क्षेत्रमा यस सिजनमा विदेशी पर्यटकहरुको अत्याधिक भीड लाग्ने गरेको पाइएको छ ।