एसईई परीक्षा चैत १५ बाट सुरु हुने,हरेक विषयको लिखितमा ३५ नल्याए फेल

फाइल तस्बिर

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा गर्ने मिति तोकेको छ । परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने मिति तोकेको हो । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको परीक्षा बोर्डले जनाएको छ ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने छ । तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको शर्माले बताए ।

यो वर्ष ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।

यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।जसले ग्रेडिङ प्रणालीलाई लगभग बिस्थापित गर्ने ललितपुरका एक नेपाली विषयका शिक्षकले बताए ।