ललितपुर नगर प्रहरीले अब होडिङ बोर्ड हटाउने

ललितपुर महानगर नगरप्रहरीको जागिरका लागि ८ सय २८ जना आवेदकमध्ये ३ सय १८ जना मात्रै स्वास्थ्य परीक्षणमा योग्य देखिएका छन् ।
महानगरले मंसिर १८ गतेदेखि २१ गतेसम्म उम्मेदवारहरुको
महानगरले नगरप्रहरीलाई सम्पदा संरक्षण, होर्डिङ बोर्ड हटाउने, सरसरफाई गने,आगजनी नियन्त्रण, विपद नियन्त्रणमा खटाउदै छ । पुल्चोकस्थित वारुणयन्त्र परिसरमा नगरप्रहरी खडा गरेको महानगरले निकट भविश्यमा भैंसीपाटी, धापाखेल र लगनखेल बसपार्क कार्यालय खडा गर्न लागेको छ । पुरानो एभरेष्ट ममको स्थानमा रहेर नगरप्रहरी बलको अस्थायी आवास पनि खडा गरिसकेको एक नियुक्त नगर प्रहरीहरूले बताए ।

५० जना नगरप्रहरीका लागि महानगरले गत मंसिर ४ गते सूचना प्रकाशित गरेर समावेशी, खुला र तहविहीनमा आवेदन खुलाएको थियो ।
शारीरिक परिक्षण ललितपुरको सातदोबाटोस्थित सशस्त्र प्रहरी बल २१ नम्बर गणले जिम्मा लिएको हो ।