आज प्रजातन्त्र दिवस, प्रजातन्त्र जनताको तन्त्र

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाइन्छ ।
‘राष्ट्रिय प्रजातन्त्र दिवस’ राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।

२०६३ बैशाख ८ को अर्ध र बैशाख ११ मा नै पूर्णघोषित लोकतन्त्र स्थापनासँगै प्रजातन्त्र केहि ओझेलमा परेको मानिन्छ । अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ लियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङीमा सुवासित छ भन्नेहरु पनि छन् ।

तर, यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपर्थ्यो होला ।०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेयता दलीय सम्झौता र स्थापित लोकतान्त्रिक गणतन्त्रको जस कस्लाई दिने ? जे होस प्रजातन्त्र जनताको तन्त्र चाहिं हो ।