मंसीर ४ (आज)बाट विद्यालय खुल्दै,विद्यालय अवस्थाबारे जानकारी हुँदै

०७२ पछिको भूकम्पपछि बनेको शैक्षिक अवस्थामा झै जाजरकोटमा हालै गएको भूकम्पपछि विद्यालय खुल्ने भएका छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालय अवस्थाबारे जानकारी दिएर बिदा दिने पनि तयारी थालेको छ ।त्यसो त‘भूकम्प आउँदा बच्ने उपाय, अनलाइन कक्षा सञ्चालनलगायतको विषयमा जानकारीसहित केही समय ओरेन्टेसन गर्ने तयारीसहित विद्यालय खोल्न आग्रह गरेका छौँ’ –कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज काफ्लेले भनेका छन् । उनका अनुसार विद्यालयमा भएको अपूरणीय क्षति न्यूनीकरण गर्ने विषयमा समेत विद्यार्थीलाई जानकारी गराइने छ ।

कात्तिक १७ गते शुक्रबार गएको भूकम्पका कारण त्यस क्षेत्रका १० हजार विद्यार्थी घर र पुस्तकविहीन भएका छन् । उनले भने, ‘१० हजार विद्यार्थीको सबै पुस्तक पुरिएको छ, भग्नावषेश घरबाट पुस्तक निकाल्न सक्ने अवस्था पनि छैन ।’ भूकम्पमा परी करिब ४० हजार विद्यार्थी प्रभावित भएका छन् । भूकम्पले ६७ जना विद्यार्थीको ज्यान गएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार हो।