बस सडकमै पल्टियो,९ जना यात्रु घाइते

सल्यानकाे बागचाैर नगरपालिका १२ बाफुखाेलाबाट दाङ तुलसीपुर जाँदै गरेकाे यात्रुबाहक बस दुर्घटना भएकाे छ ।

बाफुखाेलाबाट तुलसीपुरका लागि छुटेकाे रा १ ख २५४१ नम्बरकाे बस आइतबार बिहान बागचाैर नगरपालिका ७ कोटबारा चौफारी नजिकै दुर्घटना भएको हाे ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुलाइ उपचारका लागि बागचाैर तर्फ पठाइएकाे छ । गाडी सडकमै पल्टिएकाेले ठुलाे दुर्घटना हुनबाट जाेगिएकाे बागचाैर ७ का वडा अध्यक्ष प्रेम डाँगीले बताएका छन् ।

घाइतेहरु सबै खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ ।