नगरपालिका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेलले नगरपालिकाको तुलनामा वडा नम्बर ५ मा मात्र ६१ प्रतिशत विद्यार्थीले जीपीए ३ भन्दा माथि ल्याएको बताउनुभयो । नगरपालिका भरी जम्मा १५ सय ५० जना विद्यार्थी २०७९ को एसईई परीक्षामा सहभागी भएका थिए, उहाँले भन्नुभयो, त्यसमा छात्रा ७५८ र छात्र ७९२ जना रहेका थिए ।
उहाँका अनुसार वडा नम्बर ५ मा पाँच वटा सामुदायिक र निजी विद्यालय गरी १९० जना विद्यार्थीहरुले परीक्षा दिएका दिएका थिए । जसमा छात्रा ८९ जना र १०१ जना छात्र परीक्षामा सहभागी भएका थिए । नगरसँग तुलना गर्दा वडा नम्बर ५ बाट १२ प्रतिशत छात्र र १३ प्रतिशत छात्रा रहेका छन् । जम्मा १० प्रतिशत परीक्षामा सहभागी भएका छन् ।
वडामा ३ जीपीए भन्दा माथि ल्याउनेको संख्या ९७ जना रहेका छन्, उहाँले भन्नुभयो, ४९ छात्र र ४८ जना छात्रा रहेको बताइएको छ । महेन्द्रग्राम मा विका खगेस कुमार यादव र दीपज्योती गुरागाईंले सबैभन्दा बढी ३.४ ल्याएको पौडेलले जानकारी दिएका छन ।