सिपीईसीले शिक्षण पद्धति र मूल्याङ्कन अभ्यास बारे सरोकारवातलाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौँ विश्वबिद्यालयबाट स्कुल अफ एजुकेशन अन्तर्गत संचालित सीपीईसीले बिराटनगर इकाई र एस्पायर कलेजको सहकार्य अन्तर क्रियाकार्यक्रम गरेको हो ।
विद्यालयका प्रिन्सिपल र प्रतिनिधिहरुसँग उत्पादक केन्द्रित सामू हिक छलफल गरेको छ । प्याब्सन मोरङ्गका अध्यक्ष प्रेम लाल सिंह रवाल तथा केही विद्यालयका प्रिन्सिपल प्रतिनिधिहरुको सहभागितामा शिक्षण पद्धति र मूल्याङ्कन अभ्यासका महत्त्वपूर्ण पक्षहरूमा छलफल गरिएको छ ।सो कार्यक्रम संचालक काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका शिक्षाविद् डा. हेम राज काफ्ले र सन्दिप ढुंगाना थिए ।
कार्यक्रम डा. हेम राज काफ्लेले अनुभव उत्तेजक प्रश्न “तपाईको विद्यालयका सकारात्मक पक्षहरु के के छन ?” बाट प्रारम्भ भएकाे थियो । जवाफमा सहभागी प्रतिनिधिहरुहरूले आ–आफ्ना विद्यालयका सफल शैक्षिक रणनीति बारे बताएका थिए भने केहि शिक्षण पद्धतिमा आधारित कमजोरीहरूका बारेमा बताइएको थियो।
शिक्षाविद् डा. हेम राज काफ्लेले छलफल विद्यालयको आवश्यकता पहिचानको पहिलो खुड्किलो रहेको र विद्यालयको सम्पूर्ण परिवेश बुझ्न यस्तै छलफल विद्यालयका शिक्षकहरू र विद्यार्थीहरुसँग गर्नुपर्ने बताए । सीपीईसीका प्रशिक्षक सन्दिप ढुंगानाले, यसरी विभिन्न चरणमा विद्यालयहरुको वास्तविक आवश्यकताको पहिचान गरेर मात्र विभिन्न टिपिडी सत्रहरू संचालन गर्दा प्रभावकारी हुने बताए ।
छलफलका आन्य विषयहरु मूल्याङ्कन प्रणाली र काठमाडौं विश्वविद्यालयबाट भविष्यको आशा रहेको थियो । प्याब्सन मोरङ्गका अध्यक्ष प्रेम लाल सिंह रवालले एस्पायर कलेज मार्फत काठमाडौँ विश्वविद्यालयको छलफल कार्यक्रम विद्यालय शिक्षाको गुणस्तर बढाउने एउटा महत्वपूर्ण कदम रहेको र भविष्यमा पनि यस्तै कार्यक्रमहरुको आशा राखिएको बताए ।
एस्पायर कलेजका निर्देशक प्रतिक राउतले कार्यक्रममा सहभागी विद्यालयका प्रिन्सिपल र प्रतिनिधिहरु लाई धन्यबाद दिँदै कोशी प्रदेशलाई केन्द्रित गरी आउँदा दिनहरुमा एस्पायर कलेजमा रहेको सीपीईसी इकाईले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताए । साथै आगामि दिनमा शिक्षकको व्यावसायिक विकास तालिम र कार्यशालाहरूको आवश्यकताको विश्लेषण, टिपिडी सत्रहरूको आयोजना र सञ्चालन, सिकाइ स्रोतहरूको योजना र विकास, निरन्तर अनुगमन र प्रतिक्रिया, प्रभावकारीताका लागि अनुगमन र मूल्याङ्कन जस्ता कार्यकमहरु गरिने जानकारी दिएका थिए ।