महालक्ष्मी नगरपालिकामा महोत्सव चल्दै

महालक्ष्मी नगरमा महालक्ष्मी महोत्त्सवको क्रममा इमाडोलबाट साइकल यात्रा सुरु गरिएको छ ।
पर्यटन विकासका लागि महालक्ष्मी नगरपालिकाले शनिबारदेखि सोमबारसम्म आयोजना गरेको महोत्सवको प्रचारका लागि साइकल ¥याली आयोजना गरिएको महोत्सवका संयोजक छिरिङ लामाले जानकारी दिए ।
साईकल यात्रा इमाडोल, सानागाउँ, विसुन्डोल, शंखादेवी, ललितघुम्ती, ढुंगिन, लामाटार हँदै महालक्ष्मी मन्दिर सम्म पुगेर टुंगिएको थियो ।
महोत्सवमा सांस्कृति ऐतिहासिक सम्पदाहरुको प्रदर्शन र अवलोकन, स्थानीय घरेलु उद्योगको उत्पादन, कृषि उत्पादन लगाएतको प्रदशनी रहने छ ।
पर्यटकीय क्षेत्र प्रचार प्रसारका लागि सोमबार मनमोहन टावर तथा गणेशमान सिंह पार्क, मानेदोभान, गुम्वाहरुको अवलोकन तथा दृश्यावलोकन रहेको छ ।

महोत्सवको उद्घाटन आज महालक्ष्मी नगरपालिकाकोे महालक्ष्मी मन्दिरको परिसरमा हुँदै छ भने लाकुरी भञ्ज्याङमा हुने बताइएको छ । महालक्ष्मी नगरपालिका ललितपुरको छिट्टै विकास भएको नगरपालिका भित्र पर्दछ।