भक्तपुरमा कसले निकाल्यो मसाल जुलुस ?

भक्तपुर। पार्टीको केन्द्रीय निति अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भक्तपुरमा मसाल जुलुस प्रर्दशन गरेको छ । भक्तपुर पार्टीले महङ्गी , कालाबजारी, भ्रस्टाचारी बिरुद्ध नारावाजी र मसालजुलुस प्रदर्शन गरेको हो ।


सत्ता र कुर्सीको लागि विभिन्न खाले राष्ट्रघाती सन्धि सम्झौताहरु भइरहेको वर्तमान परिवेशमा जनसंघर्ष गर्नुपर्ने र त्यसको नेतृत्वदायी भूमिका क्रान्तिकारी कम्युनिस्ट पार्टीले लिनुपर्ने भन्दै कोणसभा कार्यक्रम गरेको एक नेताले बताए ।
जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना भन्ने नाराका साथ मसाल जुलुस प्रर्दशन भएको ती नेताले न्युजकिरण डटकमलाई जानकारी गराए ।