राहत शिक्षक र मन्त्रालयबीच शुक्रबार वार्ता, आन्दोलन जारी

काठमाडौँ । आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच आज दिउँसो १२ बजे बार्ता हुने मिति भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा असोज १२ गते ११ बजे मन्त्रालयमा वार्ता हुने मिति तय भएको हो ।

राहत शिक्षकहरूका असहमतिहरूलाई वार्ताबाटै निकास निकाल्नु पर्ने भन्दै नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालय पटकपटक छलफलमा बसे पछि राहत शिक्षकसँग वार्ता गर्ने तय भएको मन्त्रालयस्रोतले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार बिहीबार आन्दोलनरत पक्ष र महासङ्घसँग अनौपचारिक वार्ता गरेर करीब करीब विषय वस्तु टुङ्गिएको र शुक्रबार त्यसलाई औपचारिक रूपमा बसेर सहमति गर्ने तयारी भएको जनाएको हो । अनौपचारिक छलफलपछि मन्त्रालयले वार्तामा आएर छलफल गर्न पत्र पनि पठाएको छ । नेपाल शिक्षक महासंघले धोका दिएको जनाएको राहत शिक्षकहरुको आन्दोलन समितिले वार्ता र छलफलबाट निकास निकास चाहिरहेको छ ।

शिक्षा मन्त्रालयले भने सबै शिक्षकहरुका छरिएर आएका मागहरू एकैपटक समाधान गर्न नेपाल शिक्षक महासंघसँग यस अघि नै सहमति गरिसकेको छ ।आजको वार्ता पनि तिनै सहमति कार्यान्वयन हुनुपर्छ भन्नेमा केन्द्रित रहने बुझिएको छ ।

शिक्षा मन्त्रालयले पनि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा वार्तामा आउन आग्रह गर्नुले कतै शिक्षक महासंघ र मन्त्रालयबीच लेनदेन त छैन् भन्ने आशंका गर्दै राहत शिक्षक लगायत अन्य आन्दोलनरत शिक्षकहरूले मानीरहेका थिएनन् । महासंघको नेतृत्वमा वार्ता अस्वीकार गर्दै आएपनि आज मन्त्रालय, महासंघ र राहत शिक्षक बीच वार्ता हुन लागिरहेको महासंघका एक सदस्यले जानकारी दिए ।

नेपाल शिक्षक महासङ्घको असोज ५ गते सरकारसँग ६ बुँदे भित्र १८ बुँदामा सम्झौता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले महासङ्घले धोका दिएको भन्दै सडक आन्दोलन जारी राखेको छ।