ईपीएस कोरिया शाखाको निर्देशकमा मैया कँडेल शुक्रबार नियुक्त

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शुक्रबार मैया कँडेललाई ईपीएस कोरिया शाखाको निर्देशकको रुपमा
नियुक्त गरेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएसँगै नै निर्देशको जिम्मेवारी उनले सम्हालेकी छिन् । यसअघि गुरुदत्त सुवेदीले निर्देशकको जिम्मेवारीमा थिए ।गत १३ पुसमा ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनापछि सुवेदीलाई जिम्मेवारीबाट हटाइएको थियो भने घटनाको एक सातापछि कँडेलले जिम्मेवारी पाएकी हुन् ।यसअघि उपसचिव कँडेल श्रम तथा रोजगार मन्त्रालयको सीप विकास तथा तालिम शाखा प्रमुख भएर एक वर्ष काम गरेकी थिइन्। त्यसैगरी,कँडेल वैदेशिक रोजगार बोर्डको सचिवालयमा निर्देशकको रुपमा साँढे दुई वर्ष जिम्मेवारी पनि सम्हालेकी सकेकी छिन् । कोरियाले भने बालकुमारी घटनासँगै ०२४ मा नेपाली श्रमिक आफ्नो देशमा नभित्र्याउनेकि भन्ने आसय अभिव्यक्त गर्न खोजिरहेको देखिन्छ । कोरियामा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक २ लाख मासिक रहेको छ भने एकपटक गएर आएको कामदार पुन: कम्पनीले बोलाएका अर्कोपटक जसन पाउने ब्यवस्था छ ।