बानेश्वर मोटर साइकल दुर्घटनामा एकको मृत्यु एक घाइते

काठमाडौँमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन ।

बानेश्वबाट तीनकुनेतर्फ जादैँ गरेको बागमती प्रदेश -०२०३९ प ११९० नम्बरको मोटरसाईकल आईतवार बिहान ४ बजे तीनकुनेस्थित बागमती पुलको जग छेउबाट खाल्डोमा खसेको हो ।

दुर्घटनामा परि मोटरसाईकल पछाडि सवार भक्तपुर चागुनारायण नगरपालीका वडा नम्बर ४ बस्ने १८ बर्षका सुशिल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटसाईकल चालक सोहि ठाउका २० बर्षका सरोज गुरुङको भने ट्मा सेन्टर काठमाडौंमा उपचार भईरहेको छ ।