काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार ठगी आरोपमा नुवाकोट लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपाने पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका ती युवा प्रहरीद्वारा पक्राउ परेका हुन् । यसका लागि न्यौपानेले धमलासहित सात जनासँग पटक–पटक गरी १२ लाख रुपियाँ रकम लिई सम्पर्कविहीन भएका थिए । वैदेशिक रोजगारीका लागि पोर्चुगल जान प्रतिव्यक्ति १० लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा मासिम एक लाख २० हजार हुन्छ भनी प्रलोभनमा पनि पारेका थिए ।
बुधबार काठमाडौं माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मी बताए ।