शुभकामना माविले गर्यो विज्ञान प्रदर्शनीसँगै नतिजा प्रकाशन, अभिभावकले हेरे दुरविनले विद्यालय

शुभकामना मावि भोलढोका, स्कुलले शुक्रबार विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा -१ देखि १० सम्म सो एरियामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको सो बोर्डिङ स्कूलले आफ्नै प्राङ्गणमा विज्ञान प्रदर्शनीको आयोजना गरेको हो । विज्ञान प्रदर्शनीमा वातावरण चक्र,मोटर, दुरविन (माइक्रोस्कोप ) ट्राफिक लाइट,रिङबेल, डाइनोसरको वृतचित्र लगायत करीब ३९ वटा अवलोकन स्टल देखाइएको थियो । विज्ञान शिक्षक सत्यम सरले विगतको तुलनामा यसपालिको प्रदर्शनी उत्कृष्ट भएको बताए । सामाजिक विषयका मावि शिक्षक बुद्ध कृष्ण चक्रधरले परीक्षाफल र विज्ञान प्रदर्शनी आयोजना एकै दिन भएकाले धेरै अभिभावकहरुले सकारात्मक प्रतिक्रिया दिएको बताए । प्रधानाध्यापक राजेन्द्र उप्रेतीले विद्यार्थी भाइबहिनीहरु पढाइका अलावा अन्य क्षेत्रहरूमा पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्षम रहेकाले आजको विज्ञान प्रदर्शनी उत्कृष्ट रहेको धारणा राखेका छन् । नेपाली विषयका कोर्डिनेटरले विज्ञान प्रदर्शनी क्यालेण्डर अनुसारकै विद्यालयको आन्तरिक गतिविधि रहेको र यसले विद्यार्थीको सिर्जनात्मक कलालाई प्रदर्शनी मार्फत उजागर मात्र गरिएको बताएका छन् । प्रदर्शनी हेर्दै एक अभिभावकले भने विद्यार्थीले उत्कृष्ट क्षमता देखाएको बताए । त्यसो त ललितपुर जिल्लामा प्रायः अतिरिक्त क्रियाकलापबाट नै प्रायः विद्यार्थी र विद्यालय चिनिने गरेका छन् । सामाजिक सञ्जालमा समेत शुभकामना विद्यालय उत्कृष्ट भएको स्थानीय राम नेवार बताउँछन् । उनका अनुसार साना नानी बाबुहरुलाई एकदमै केयर गर्ने र सुरक्षित भवन, सवारीको व्यवस्था साथै दक्ष शिक्षक शिक्षिकाबाट अध्यापन गराइने यो एरियाकै टप स्कुल हो । शुक्रबार करीब ४ घन्टा विद्यालय प्राङ्गणमा सो कार्यक्रम आयोजना हुँदा अवलोकन गर्न आएका सबै अभिभावक लगायत शिक्षक विद्यार्थी खुसी रहेको भन्ने सुनिएको एकाउन्टेन्ट शुभ बज्राचार्यले बताइन् । विज्ञान प्रदर्शनी सँगै नतिजा प्रकाशन पनि एकै दिन परेको उनले बताइन् ।