१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी अभियोगमा एक जना किशोर पक्राउ

एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी अभियोगमा एक जना किशोर पक्राउ गरेको छ । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।