ताराका पाइलटबीच कुटाकुट, परे निलम्बनमा दुवै

रामेछाप विमानस्थलमा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुट भएको छ ।

तारा एयर कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण कुटाकुट भएको भनेको छ ।

घटनामा संलग्न दुई जना पाइलटलाई कम्पनीले निलम्बन गरेको जनाएको छ ।
शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा घटना भएको समाचार बाहिरिएको छ । काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा

शुक्रबार बिहान लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको थियो । तथापि, कम्पनीले यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नरहेको जिकिर गरेको छ।

सामान्य भनाभन हुँदा एक पाइलटले धकेलेको र अर्का पाइलट लडेपछि दुईबीच कुटाकुट चलेको थियो । युनिफर्ममा नै लडेकाले घटनाले ठुलो रूप लियो । यसो भएपछि हवाई सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले अन्द स्पाेर्ट दुवै जनालाई त्यहीँ सस्पेन (निलम्बन) गरेको तारा एयर होल्डिङ कम्पनी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले बताए ।

घटनामा संलग्न पाइलटहरूमाथि छानबिन गर्न आन्तरिक छानबिन समिति समेत बनेको छ । बर्तौलाले पाइलटहरूको स्पष्टीकरण लिइएको र घटनालगत्तै कम्पनीले अर्को पाइलटमार्फत मन्थली–काठमाडौँ जहाज उडान पनि भरिसकेको जनाएको छ ।