ललितपुरमा सिरक डस्ना ओच्छ्यान बनाउने भन्दै ट्याक्टरले घरघर चहारेर गाउँलेलाई हैरान पार्न थाले

ललितपुरमा सिरक डस्ना ओच्छ्यान बनाउने भन्दै ट्याक्टरले घरघर चहारेर गाउँलेलाई हैरान पार्न थालेका छन् । झट्ट हेर्दा फोहोर उठाउन आउने ट्याक्टरले सिरक बनाउने नाउँमा गाउनै कोलाहलमय बनाएर हैरान पार्न थालेका हुन् । उनीहरुलाई न दर्ता चाहिन्छ न कुनै प्यान नम्बर । न विशेष स्थानै चाहिन्छ? आयो पुराना सिरक उठायो जहाँ पायो त्यहीँ बसेर सिरक बनायो पैसा कमाएर हिड्यो यस्तोमा नगरपालिकाको ध्यान नगएको एक सिरक पसलेले बताए ।सिरक पसल गरेर बस्दा सटक भाडा तिर्न पर्ने सडकमा हिंड्दा केही नलाग्ने ? हामी ब्यापारीलाई भाडा तिर्न नसकेर हैरान छ ।

हाम्रो माग; त्यसरी गाउँमा कोलाहल बनाएर सिरक बनाउँदै हिंड्नेलाई नगरपालिकाले कार्बाही गर्नुपर्छ भन्ने हो:-क िबहालका अर्का सिरक डस्ना ओच्छ्यान बनाउने पसलेले न्युजकिरणडटकम अनलाइन खबरलाई जानकारी दिए ।